Shittalpati
पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ११ जना महिला र ९ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ७, माथागढी गाउँपालिका ४, रामपुर नगरपालिका, तिनाउ गाउँपालिकाका २/२, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१,रम्भा गाउँपालिकाका ३ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ३ सय ८५ पुगेको छ ।

४२ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६८ जनाको परीक्षण गरिएकोमा १७ जनामा संक्रमण देखिएको छ । जसमा ६ जना महिला र ११ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका ११,रामपुर, रैनादेवी छहरा, रम्भाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८२ पुगेको छ । जसमा १ हजार ८ सय ५० महिला र ३ हजार २ सय ३२ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६ जना महिला र ९ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार निस्दीका २३ र रामपुरका २ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ७० पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने ४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update