Shittalpati
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि

पाल्पा, जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो । रामपुरका संक्रमित मध्ये २२ जना रामपुर अस्पतालबाट स्वाब संकलन गरिएका व्यक्तिहरु रहेको बुझिएको छ । उनीहरुको अवस्था सामन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा शुक्रबार थपिएका ३८ जना संक्रमितसँगै कुल संक्रमितको संख्या ८ सय ३९ पुगेको छ । जसमध्ये २ सय २४ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । संक्रमण देखिएका व्यक्ति मध्ये ७ सय २३ जना निको भएर घर फर्किएका छन्, भने १ सय १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका ४८ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update