Shittalpati
नेपालमा थप ५७ संक्रमित, हालसम्म १ सय ९१ पुग्यो

काठमाडौ‌ं । नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मङ्गलवार दिउँसो स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार त्यसमध्ये पर्सा जिल्लाका ३९ जना, रुपन्देही जिल्लाका ९ जना, कपिलवस्तु जिल्लाका ८ जना र बाराका १ जना रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update