Shittalpati
पाल्पामा शुक्रबार थप ६८ जनाले कोरोना जिते
पाल्पामा शुक्रबार थप ६८ जनाले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र २७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
सैनिक संग्रहालय दरबारलाई
सैनिक संग्रहालय दरबारलाई तानसेनमा नेपाली सेनाको गोरखदल गणले बनाएको सैनिक संग्रहालय हस्तान्तरण गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा सेनाले स्थापना गरेको सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयलाई बिहीबार हस्तान्तरण गरिएको हो ।
जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण जिल्लाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । यहाँका ७० वर्ष माथिका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिने गरिएको छ । प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव वित्तीय कारोबार गर्दै आएको कुसुम बहुउद्देयीय सहकारी संस्था लिमिटेड तानसेनले प्रथम वार्षिक उत्सव मनाएको छ । सहकारीले तानसेनमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
भ्रष्टाचार गर्नेलाई कारवाही गर
भ्रष्टाचार गर्नेलाई कारवाही गर देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । यो निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो । यो गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार । यसलाई अविलम्ब...
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ मा ५८ वर्षीय पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५८ वर्षीय नरबहादुर रानाको शव फेला परेको हो ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु पाल्पाको रम्भा गाउँपालिका–२, सुरुमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गर्दा लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रवीन दमै (छिनाल) को मृत्यु भएको हो ।
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने आजदेखि तानसेन– तम्घास सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन १३ गते सम्म सडक बन्द हुने भएको हो ।
एसईई वैशाख ९ गतेदेखि हुने
एसईई वैशाख ९ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका २ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
Weather Update