Shittalpati
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव

शर्मिला थापा मगर
पाल्पा, वित्तीय कारोबार गर्दै आएको कुसुम बहुउद्देयीय सहकारी संस्था लिमिटेड तानसेनले प्रथम वार्षिक उत्सव मनाएको छ । सहकारीले तानसेनमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्घाटन गरेका हुन् । उत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका महर्जनले आर्थिक समृद्धिको आधार सहकारी रहेको बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे । अहिले सहकारीमा विभिन्न किसिमका समस्याहरु आएको र समस्याको समाधान गर्न सहकारी संस्थाहरु एकजुट भएर लाग्नुपर्नेमा अध्यक्ष महर्जनले जोड दिए । उनले आर्थिक क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको र बैंकले लगानी नगरेका कृषिक्षेत्रमा सहकारीले लगानी गरेर ठूलो योगदान पुर्‍याएको धारणा व्यक्त गरे ।

कार्यक्रममा कमला शर्मा, कमल ढकाल लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सहकारीका अध्यक्ष सुरेश ढकालले सहकारीले मुनाफा गर्ने मात्र नभई स्वरोजगार कार्यक्रमलाई बढवा दिदै अगाडि बढेको बताए । अध्यक्ष ढकालले कुसुम सहकारी बजारमा मात्र नभई गाउँपालिका तथा वडा–वडामा पुगेर काम गर्दै जाने धारणा व्यक्त गरे । उनले सहकारीलाई नेपालकै नमूना सहकारी बनाउने उद्देश्य लिइएको समेत बताए । सोही अवसरमा सहकारीको समन्वयमा अर्गानिक डिभाईन ग्रुप प्रालिले स्वास्थ्य जनचेतना कार्यक्रम समेत गरेको थियो । ‘हरेकको आय हरेकको व्यवसाय’ भन्ने मूल नाराका साथ अगाडि बढेको सहकारीले पाल्पा, गुल्मी र रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । सहकारीका अध्यक्ष सुरेस ढकालको अध्यक्षता, रमा पन्तको स्वागत, हिरा आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update