राष्ट्रिय भूमि आयोग गुल्मीद्वारा आगामी रणनीति सार्वजनानिक
बिहीबार, माघ २७, २०७८
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार
बिहीबार, माघ २७, २०७८
प्राकृतिक रुपले अत्यन्त सुन्दर र अग्ला पाल्पाका डाँडाहरुको अनुहार यतिबेला कुरुप बन्दै गएको छ । पाल्पामा सञ्चालित चुनढुंगा खानी उद्योगले मनपरी उत्खनन र निकासी गर्दै आएपछि यहाँका मनमोहक, सुन्दर र अग्ला डाँडाहरुको अनुहार कुरुप बन्दै गएको हो ।
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता
बिहीबार, माघ २७, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
निर्वाचन सबै मिलेर सफल पारौं
बिहीबार, माघ २७, २०७८
सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलको ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ । आगामी वैशाख ३० गते स्थानीय निकायमा नयाँं नेतृत्व चयनका लागि मतदान हुनेछ । सरकारले तोकेकै समयमा निर्वाचन नगर्ने हो कि भन्ने शंका भइरहेको बेला एकै चरणमा निर्वाचन गर्ने घोषणा भएको छ ।
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई
बुधबार, माघ २६, २०७८
ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । योसँगै सामुदायिक विद्यालयतर्फ यो विद्यालय इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्ने गुल्मीको पहिलो विद्यालय बनेको छ ।
रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
बुधबार, माघ २६, २०७८
स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा स्वास्थ्य कार्यालय गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको उपस्थितिमा...
पाल्पामा बुधबार थप ७३ जना संक्रमित कोरोनामुक्त
बुधबार, माघ २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २८ जना महिला र ४५ जना पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् ।
दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ
बुधबार, माघ २६, २०७८
विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडाँै ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
पाल्पा–तम्घास सडक मर्मत गरिने
बुधबार, माघ २६, २०७८
पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो । सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
चित्र कोरेर श्रेष्ठले कमाउँछन् मासिक चालिस हजार
बुधबार, माघ २६, २०७८
पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन ।
शिक्षकका लागि दुई लाख चालिस हजारभन्दा बढी आवेदन
बुधबार, माघ २६, २०७८
शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदका लागि दुई लाख ४० हजार ४ सय ५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २ सय ३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेद्वारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
बुधबार, माघ २६, २०७८
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्ने लागेको हो ।


