Shittalpati
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता

पाल्पा, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको हो । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधीउपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त रहेको छ ।

यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम १० हजारमा खोल्न सकिने, निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने तथा सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने जस्ता विशेषताहरु रहेका पनि बैकले जनाएको छ । बैंकले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १ सय ३१ एटिएम मार्फत गुणस्तरीय बैंकि सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update