नवजनचेतना राष्ट्रिय दैनिक २०७९ जेठ २७ गते शुक्रबार
शुक्रबार, जेठ २७, २०७९
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो
बिहीबार, जेठ २६, २०७९
गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’
बिहीबार, जेठ २६, २०७९
पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी स्वास्थकर्मी हुन् । उनी पेशाबाट सामाजिक र राजनीतिक क्षेत्रमा लागेका हुन् । नेकपा एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका उनी बैशाख ३० गते भएको स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भए ।
‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म
बिहीबार, जेठ २६, २०७९
तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । उनलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’नामले परिचित उनी तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मिएका हुन् ।
खाद्य स्वच्छताप्रति गम्भीर बन
बिहीबार, जेठ २६, २०७९
पछिल्ला दिनहरुमा बजारमा अखाद्यवस्तुहरुको विक्री वितरण खुलमखुला रुपमा हुने गरेका छन् । अखाद्यवस्तुको विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमाथि नराम्रोसँग असर गरेको छ । अखाद्यवस्तुकै कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेका छन् । बजारमा अखाद्य वस्तु विक्री वितरण नहोस् भन्ने उद्देश्यले हरेक वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता...
रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने
बुधबार, जेठ २५, २०७९
गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै बिरामीहरुको सहजताका लागि जिल्लामै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको बताए ।
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता
बुधबार, जेठ २५, २०७९
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
चट्याङ लागेर दुई भैँसी मरे
बुधबार, जेठ २५, २०७९
गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए ।
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल
बुधबार, जेठ २५, २०७९
पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।
पूर्वाधार विकासमा फड्को मार्दै रामपुर नगरपालिका
बुधबार, जेठ २५, २०७९
समथर र पहाडीभेग समेटिएको रामपुर नगरपालिका प्राकृतिक हिसाबले रमणीय नगरको रुपमा परिचित छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरमा सडक, भवन, कृषि, पर्यटन, आयमूलक लगायतका क्षेत्रमा विकासले गति लिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने
बुधबार, जेठ २५, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर हुने करिब पक्का भएको हो
अब रोकौं : अविर यात्रा
बुधबार, जेठ २५, २०७९
हालै सम्पन्न स्थानीय तहको निर्वाचन सकेर विजेताहरुले अविर जात्रा गरिरहेकै बेला प्रदेश र संघीय क्षेत्रको निर्वाचनको तयारी शुरु भएको छ । निर्वाचन आयोगले आगामी कार्तिक र मंसिर भित्रमा निर्वाचन सम्पन्न गर्न सक्नेगरी व्यवस्थापन मिलाउने कार्यमा सरकारलाई सुझाव पेश गरे लगत्तै फेरि निर्वाचनका तयारीका लागि दलहरुको सक्रियता बढेको महशुस गरिएको छ ...


