नवजनचेतना राष्ट्रिय दैनिक २०७९ जेठ २५ गते बुधबार
बुधबार, जेठ २५, २०७९
भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने
मंगलबार, जेठ २४, २०७९
नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत भारतीय नागरिकले आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको हो ।
मंगलबार थपिए २८ जना कोरोना संक्रमित
मंगलबार, जेठ २४, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जना कोरोना संक्रमित थपिएका हुन् ।
बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ
मंगलबार, जेठ २४, २०७९
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर...
गुल्मीमा नयाँ जनप्रतिनिधिका थरीथरी कार्यक्रम
मंगलबार, जेठ २४, २०७९
दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अधिकांश नयाँ जनप्रतिनिधि छन् । धुर्कोट र कालीगण्डकी गाउँपालिकामा अध्यक्ष एवं मदानेमा उपाध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अन्य पालिकामा भने स्थानीय तह निर्वाचनमार्फत सबै नयाँ अनुहार निर्वाचित भएका हुन् । १२ पालिकामध्ये दुई पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् ...
पुनःमतदाता नामावली संकलन गरिदैं
मंगलबार, जेठ २४, २०७९
निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा केही व्यक्तिहरुको नाम छुटेको गुनासो आएपछि आयोगले संघ र प्रदेशको निर्वाचनमा उनीहरुलाई सहभागी गराउन पुनः मतदाता नामाली संकलन गर्ने भएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ गतेसम्म मात्रै रहेकाले ति निर्वाचनका लागि आयोगले असार...
शाइन रेसुङ्गा बैंकको तौलिहवामा नयाँ शाखा
मंगलबार, जेठ २४, २०७९
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले सबै क्षेत्रका नागरिक समक्ष आफ्नो सेवा पुर्याउने उद्देश्य राखेर कपिलवस्तुको तौलिहवामा नयाँ शाखा विस्तार गरेको हो । शाखाको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले एक औपचारिक कार्यक्रमका बिच उद्घाट गरेका छन् ।
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मंगलबार, जेठ २४, २०७९
देशका केही स्थानहरुमा यस वर्षको मनसुन भित्रिए पनि पूर्ण रुपमा सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । आइतबारदेखि यस वर्षको मनसुन प्रवेश गरेपनि देशभर फैलिन अझै केही दिन लाग्ने भएको हो । आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको...
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ
मंगलबार, जेठ २४, २०७९
नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । यहाँ दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । पछिल्ल्लो घटना आइतबार रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते अवस्थामा छन् ।
सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार, जेठ २३, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
परासीमा गोली चल्यो
सोमबार, जेठ २३, २०७९
पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन ।
यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा
सोमबार, जेठ २३, २०७९
रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारवाहीमा परेको छ । बा २ झ १७४३ नम्वरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारवाहीमा परेको हो


