नवजनचेतना राष्ट्रिय दैनिक २०७९ जेठ ३१ गते मंगलबार
मंगलबार, जेठ ३१, २०७९
पाल्पा रामपुरका किसानलाई बीउ वितरण
सोमबार, जेठ ३०, २०७९
उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
सोमबार, जेठ ३०, २०७९
प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन
सोमबार, जेठ ३०, २०७९
नेकपा एमाले पाल्पा तिनाउ गाउँपालिका वडा नंं. १ कचलको वडा भेलासँगै कमिटि गठन भएको छ । वडा कमिटी बैठकले आगामी असार भित्र पार्टी सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने, बस्ती बस्तीमा पुगेर योजना संकलन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका १८ पालिकामा महिलाको पद गुम्यो
सोमबार, जेठ ३०, २०७९
लुम्बिनी प्रदेशमा यसपालिको स्थानीय तह निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा निर्वाचित महिला अघिल्लो निर्वाचनका तुलनामा ह्वात्तै घटेका छन् । अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेशमा पालिका प्रमुखमा १ जना र उपप्रमुखमा १०८ जना गरी १०९ जना महिला निर्वाचित भएका थिए भने यसपालि प्रमुखमा २ जना र उपप्रमुखमा ८९ जना गरी ९१ जना...
लुम्बिनीको नीति तथा कार्यक्रम पारित
सोमबार, जेठ ३०, २०७९
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने
सोमबार, जेठ ३०, २०७९
पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति ल्याएसँगै गाभिने क्रम बढेको हो । यसैबिचमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले पनि एक आपसमा...
सरकार किसानको पीडा बुझ
सोमबार, जेठ ३०, २०७९
हरेक वर्ष किसानले भोग्नु पर्ने समस्या यस पटक पनि दोहोरिएको छ । मकैमा मल राख्नुपर्ने बेला भो, धान रोप्ने तयारीमा किसान छन् । तर मल नपाएर किसानहरु छट्पटिएका छन् ।
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
आइतबार, जेठ २९, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट
आइतबार, जेठ २९, २०७९
तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर
आइतबार, जेठ २९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्याक्टर दिइएको छ । गाउँ सरकारले यहाँका किसानहरुको कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर दिएको हो । गाउँपालिका भित्रका ७१ जना किसानले हाते ट्याक्टर अनुदानमा पाएका छन् ।
बालश्रम विरुद्ध दिवसको औचित्य
आइतबार, जेठ २९, २०७९
बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु हुँदैन । यति त्यसो गरियो भने त्यो बालश्रम हो ।


