कृषिप्रति गम्भीर बन
बिहीबार, असार २, २०७९
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, असार १, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।
भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी
बुधबार, असार १, २०७९
जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।
एक महिनामै सरकारको निर्णय फिर्ता
बुधबार, असार १, २०७९
एक महिना अघि आइतबार बिदा दिने संघीय सरकारको निर्णय फिर्ता भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णयको चौतर्फीक आलोचना भएपछि आजदेखि खारेज गरिएको हो । सरकारले बिदा दिन गरेको निर्णयको सुरुमै चौतर्फी विरोध भएको थियो ।
निस्दी मित्यालका असल बुहारी सम्मानित
बुधबार, असार १, २०७९
सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ ।
युरिया मल ल्याउँदै साल्ट ट्रेडिङ
बुधबार, असार १, २०७९
देशभर रासयनिक मलको अभाव भएका समाचार आइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने मल ल्याउन धमाधम काम थालेको छ । एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको कर्पोरेसनले केही मल ल्याई सकेको र केही मल असार पहिलो हप्ता ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ ।
प्रदेशको ध्यान बजेटमा
बुधबार, असार १, २०७९
संघीय सरकारले बजेट ल्याएसँगै प्रदेश सरकारहरु आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने ध्याउन्नमा छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा (२) अनुसार प्रदेश सरकारले प्रत्येक वर्षको असार १ गते आगामी आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था छ। असार १० गते भित्रै...
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, जेठ ३१, २०७९
आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।
किसानलाई मलको पिरलो
मंगलबार, जेठ ३१, २०७९
यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् ‘कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रो पटक...
किसानलाई बीउ वितरण
मंगलबार, जेठ ३१, २०७९
उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
रक्तदाता दिवसको सार्थकता
मंगलबार, जेठ ३१, २०७९
आज विश्व रक्तदाता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ ।


