Shittalpati
उपभोक्तालाई सहुलियतमा खानेपानी
उपभोक्तालाई सहुलियतमा खानेपानी रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन भएको छ । ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाको आयोजनामा आइतबारदेखि तनावमुक्त जीवनका लागि पाँच दिने शिविर सञ्चालन भएको हो । संस्थाले दया र करुणा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनको लागि तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा राजयोग शिविर सञ्चालन गरेको छ ...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपालमा यथावत् राखिएको छ ।
विषादी तरकारी नखुवाऊ
विषादी तरकारी नखुवाऊ पछिल्लो समय तरकारीमा जथाभावी रुपमा विषादी राख्ने चलन बढ्दै गएको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन ।
हाम्रो यात्रा २८ वर्षमा
हाम्रो यात्रा २८ वर्षमा आजदेखि हाम्रो यात्रा २८ वर्षमा प्रवेश गरेको छ । पाल्पाबाट विगत २७ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको २७ वर्ष पूरा गरेर २८ वर्षमा पाइला टेकेको छ ।
‘शिक्षक मैनबत्ती हुन्’
‘शिक्षक मैनबत्ती हुन्’ जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षक मैनबत्ती भएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा भएको उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै जिसस प्रमुख खानालले शिक्षक आफु जलेर अरुलाई उज्यालो बनाउने मैनबत्ती जस्तै भएको बताएका हुन् ।
लुतो फाल्ने प्रचलनमा कमी
लुतो फाल्ने प्रचलनमा कमी साउन महिनाको पहिलो दिनलाई लुतो फाल्ने दिन अर्थात् साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो ।
चिकित्सा शिक्षाको शुल्क वृद्धि
चिकित्सा शिक्षाको शुल्क वृद्धि राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
तनावमुक्त जीवनका लागि राजयोग शिविर ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।
Weather Update