बगनासकाली बहुउद्देश्य सहकारीले मनायो ७ औं साधारण सभा
मंगलबार, असोज ७, २०८२
निजी क्षेत्रलाई भरोसा दिलाऊ
मंगलबार, असोज ७, २०८२
लामो समयको कोभिड महामारीका कारण थिलो परेको निजी क्षेत्र उठ्नै लाग्दा पुनः जेनजी आन्दोलनले थला पर्न पुगेको छ । गत भदौ २४ गतेको घटनाले देशभर सार्वजनिक र निजी दुवै क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । आगजनी, तोडफोड र लुटपाटका घटनालाई बिर्सिंदै जनजीवन सामान्य बन्दै गएको छ । तर उक्त दिनको...
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
सोमबार, असोज ६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् ।
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको भिड
सोमबार, असोज ६, २०८२
बडा दशैंको पहिलो दिन घटस्थापनामा पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठमन्दिरहरुमा घटस्थापना गरेका छन् ।
दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द
सोमबार, असोज ६, २०८२
दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।
सुरु भयो दसैं, आज घटस्थापना
सोमबार, असोज ६, २०८२
नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् नवरात्र आज (सोमबार)बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ९ः१३ बजेको शुभ साइतमा घटस्थापना गरिनु अर्थात् जमरा राख्नु उत्तम मानिन्छ ।
सोह्र श्रद्धा सकियो
सोमबार, असोज ६, २०८२
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध) आइतबार सकिएको छ । अपरÞनकालमा दिव·त पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी यस वर्षको सोह्र श्राद्ध सकिएको हो ।
नवरात्रीको सन्दर्भ
सोमबार, असोज ६, २०८२
आजदेखि नवरात्री प्रारम्भ भएको छ । यस दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वाहन गरिन्छ । जांै अथवा अन्नलाई वैदिक यज्ञको...
दुर्गा पक्ष सुरु बडादसैको रौनक:आज घरघरमा घटस्थापना गरिँदै
सोमबार, असोज ६, २०८२
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसै आजदेखि प्रारम्भ भएको छ ।


