महिलालाई आत्मनिर्भर बनाउन रामपुरमा खादा बनाउने तालिम
शुक्रबार, असार ६, २०८२
आज विश्व शरणार्थी दिवस मनाइँदै
शुक्रबार, असार ६, २०८२
आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध...
रैनादेवी छहरा गाउँपालिकाको नीति तथा कार्यक्रम कृषिलाई प्राथमिकता
शुक्रबार, असार ६, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम पेश गरे । अध्यक्ष भट्टराईले गाउँसभामा पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मतले पारित गरेको छ ।
तानसेनमा योग शिविर
शुक्रबार, असार ६, २०८२
जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरमा योग शिविर सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति र हंसयोग आश्रम रुपन्देहीले योग शिविर सञ्चालन गरेका हुन् ।
विश्व शरणार्थी दिवस र यसको सार्थकता
शुक्रबार, असार ६, २०८२
विश्व शरणार्थी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन यो दिवस मनाउने गरिन्छ । सन् १९५१ मा पहिलो पटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै...
दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना
बिहीबार, असार ५, २०८२
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
बिहीबार, असार ५, २०८२
दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ ।
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
बिहीबार, असार ५, २०८२
कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा
बिहीबार, असार ५, २०८२
अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् ।
कोदो, मकै छाडेर किबीखेतीतर्फ आकर्षण
बिहीबार, असार ५, २०८२
सत्यवति गाउँपालिका–८ भार्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । थापाले किबीखेती गरेर वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
बिहीबार, असार ५, २०८२
आज जुन १९ अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । २०१५ जुन १९ मासंयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो ।
यौन हिंसाका मुद्दामा गम्भीर बन
बिहीबार, असार ५, २०८२
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको २० वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उलंघनका सवालहरू विशेषतः महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।


