गाई मारेको आरोपमा एक जना पक्राउ
आइतबार, वैशाख २१, २०८२

समूहबाट आर्थिक समृद्धि खोज्दै महिला
आइतबार, वैशाख २१, २०८२
घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।

नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै
आइतबार, वैशाख २१, २०८२
आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती
आइतबार, वैशाख २१, २०८२
सामान्यतया कुनै पनि देशको अर्थतन्त्रलाई बन्द अर्थतन्त्र र खूल्ला अर्थतन्त्र गरि दुई आधारमा हेर्ने गरिन्छ । बन्द अर्थतन्त्रमा घरायसी क्षेत्र, व्यवसायिक क्षेत्र र सरकारी क्षेत्र पर्ने गर्दछन् भने खुला अर्थतन्त्रमा थप अन्तर्राष्ट्रिय क्षेत्र समावेश हुने गर्दछ । जहाँ अन्तर्राष्ट्रिय क्षेत्र भित्र आयात – निर्यात व्यापार पर्ने गर्दछ । कुनै पनि...

हाँसेर नै रोगलाई जितिन्छ
आइतबार, वैशाख २१, २०८२
हाँसोले मानिसको स्वास्थ्य ठीक राख्न पनि मद्दत गर्छ । हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य दुवै हिसावले फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । यदि कोही मानिस दिल खोलेर हाँस्छ भने उसको तनाव हट्नुका साथै शरीरलाई पनि राम्रो कसरत हुन्छ । दैनिकजसो नियमितरूपमा मानिस मुस्कुराइरहन्छ भने उसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ...

लुम्बिनी नाट्य रत्नद्वारा अथक सम्मानित
शनिबार, वैशाख २०, २०८२
पाल्पाली साहित्यकार तथा ऐतिहासिक नाटक सङ्ग्रह ‘अमरपात्र’ का लेखक पुष्कर अथक रेग्मी ‘लुम्बिनी नाट्य रत्न सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।

भोलीदेखि कक्षा १२ को परीक्षा, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
शनिबार, वैशाख २०, २०८२
भोली आइतबारदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । जेठ २ सम्म गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन
शनिबार, वैशाख २०, २०८२
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी बद्रीप्रकाश श्रेष्ठको निधन भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ५५ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
शनिबार, वैशाख २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले शुक्रबार व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
-1714716579.jpg)
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, वैशाख २०, २०८२
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले यो दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
शनिबार, वैशाख २०, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

शीत कल्प कृति ‘प्रकृति’
शनिबार, वैशाख २०, २०८२
नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।