पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु
सोमबार, जेठ २९, २०८०
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै
सोमबार, जेठ २९, २०८०
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगीता हुन लागेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र पाल्पाली संगम अमेरिका, ब्लड डोनर्स अफ अमेरिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
रूखबाट लडेर एक महिलाको मृत्यु
सोमबार, जेठ २९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु
सोमबार, जेठ २९, २०८०
कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द
सोमबार, जेठ २९, २०८०
अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै
सोमबार, जेठ २९, २०८०
जिल्लाको रामपुर नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उसले आगामी ३ वर्षभित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको छ । नगरपालिकाले अहिले बालमैत्री घोषणाका लागि आवश्यक सूूचका बारेमा विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग छलफल तथा अन्तक्र्रियालाई तिव्रता दिएको पाइन्छ ।
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’
सोमबार, जेठ २९, २०८०
गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।
आज विश्व बालश्रम विरुद्धको दिवस
सोमबार, जेठ २९, २०८०
विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
बालश्रम अन्त्य गरौं
सोमबार, जेठ २९, २०८०
नेपालमा बालश्रमको अवस्था निकै जटिल बन्दै गएको छ । अहिले हरेक, होटल, रेष्टुरेण्ट, सवारी सधान, उद्योग, कलकारखाना जस्ता क्षेत्रमा बालबालिका उल्लेखीय रुपमा रहेको देखिछ । संविधान र कानुनले बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ । नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधान तर्जुमा पनि गरिएका छन् ।
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’
आइतबार, जेठ २८, २०८०
सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उनको टिप्पणी छ ।
एकल लोकगीत प्रतियोगिता : पाल्पा अडिसनबाट करिश्मा र सन्तोष छनोट
आइतबार, जेठ २८, २०८०
पाल्पामा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट करिश्मा मगर र सन्तोष पृथी छनोट भएका हुन् ।
तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला
आइतबार, जेठ २८, २०८०
जिल्लाको तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर युवा रेडक्रस सर्कलको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।


