Shittalpati
एचआईभी रोकथाममा नार्डेक
एचआईभी रोकथाममा नार्डेक जिल्लामा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा सोमबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो । 
काँग्रेस आगामी चुनाव एक्लै लड्छ :  नेता पन्त
काँग्रेस आगामी चुनाव एक्लै लड्छ : नेता पन्त नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
आज मगर जातिको भूमि पर्व
आज मगर जातिको भूमि पर्व मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका...
भूमि पूजा र यसको महत्व
भूमि पूजा र यसको महत्व मगर समुदायले आज भूमि पूजा गर्दै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर...
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी  दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो  ।
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट ल्याएकी हुन् ।
गाई तस्करी रोकौं
गाई तस्करी रोकौं नेपालमा भारतीय सीमा क्षेत्रको प्रयोग गरेर गाई गोरुको अवैध तस्करी बढेको छ । विशेष गरेर यो तस्करीमा प्रहरी समेतको संलग्नता भएको आशंका गरिएको छ ।
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
Weather Update