Shittalpati
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा
परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा नेपाल परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा तानसेनमा भएको छ । संघले एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो । सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् ।
बाढीपहिरोको जोखिम
बाढीपहिरोको जोखिम वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ । हरेक वर्ष जस्तै तराईमा बाढी र डुबान, पहाड र हिमाली क्षेत्रमा पहिरो लगायतका जोखिम यस वर्ष पनि कायमै छ । असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद्को याम पनि हो ...
 पाल्पाको माडीफाँट डुवानमा  
 पाल्पाको माडीफाँट डुवानमा   लगातार परेको अविरल वर्षाका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान    
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान     अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
गुल्मीमा घर भत्केर पुरिएकी महिलाको उद्धार
गुल्मीमा घर भत्केर पुरिएकी महिलाको उद्धार जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ थोर्गामा घर भत्किँदा पुरिएकी एक महिलाको उद्धार गरिएको छ । घरमाथिबाट आएको पहिरोका कारण घर भत्किँदा पुरिएकी स्थानीय उजेली विकको छिमेकीहरूले शनिबार बिहान उद्धार गरेका हुन् ।
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित
रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले  संशोधनसहित पारित गरेको हो ।
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी
तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी जिल्लाको तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी भएको छ । राष्ट्रिय अपाङ्गता महासंघको आयोजना, तानसेन नगरपालिकाको सहयोग, द एसिया फाउण्डेसन नेपालको सहकार्य र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र तानसेनको समन्वयमा बैठक  तथा गोष्ठी भएको हो ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘सहकारीले सबैको राम्रो भविष्य निर्माण गर्छ’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो ।
Weather Update