तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २०, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहितको टोली चीन जाँदै
मंगलबार, कात्तिक २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली चीन भ्रमणमा जान लागेको छ । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्रीसहित सात सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जान लागेको हो ।

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ । मंगलबार पोखरामा लामिछाने समर्थकले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।

सकियो तिहार, सुरु भयो छठको रौनक
मंगलबार, कात्तिक २०, २०८१
यसपालिको हिन्दुु नेपालीहरुको दोस्रो महान पर्व तिहार सकिएको छ । आइतबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।

टेलिकमको पाइपबाट पानी बगेपछि...
मंगलबार, कात्तिक २०, २०८१
पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।

ठक्कर खाईयो
मंगलबार, कात्तिक २०, २०८१
तिमी त्यो पात्र हौँ
जो बाहिर हाँसेर भित्र रूदैँ छ,
बिहान उठेपछि मुहार पीडाले धुदैँ छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री सारुद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बिहीबार, कात्तिक १५, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य मन्त्रालयको एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेका छन् ।

तिहार शुभ रहोस्
बिहीबार, कात्तिक १५, २०८१
नेपालीहरुको महान् चाड तिहारको रौनक सबैतिर छाएको छ । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको हुन्छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चाडले विशेष भूमिका निभाएको हुन्छ । नेपालीहरूले मनाउने विभिन्न...

महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
बिहीबार, कात्तिक १५, २०८१
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विहीबार आज बार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । आज नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा...

लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बुधबार, कात्तिक १४, २०८१
लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।