Shittalpati
काठमाडौंबाट भागेका कैदीबन्दी पाल्पामा पक्राउ
काठमाडौंबाट भागेका कैदीबन्दी पाल्पामा पक्राउ जेन—जी आन्दोलनका क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका पूर्वखोला गाउँपालिका–३, का ३५ वर्षीय रुद्रप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला ९आम्दा० अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा ९ओपिडी०, आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना९इन्डोर० तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
कम्युनिष्ट एकताको चर्चा
कम्युनिष्ट एकताको चर्चा पछिल्ला केही दिन यता कम्युनिष्ट पार्टी एकताको कुराले चर्चा पाएको छ । विशेषगरी दुई प्रमुख घटक–माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बीचको एकताको सम्भावना अन्तिम चरणमा पुगेको छ । तर राजनीतिक, ऐतिहासिक र वैचारिक कारणले यो प्रक्रिया सहज छैन ।
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लोडाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९ सय ३६ मिटर उचाइमा पर्दछ ।
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा जिल्लाको तिनाउ गाउँपालिकाले कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बसेको गाउँ कार्यपालिकाको बैंठकले सत्यवती मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गुल्मीमा छोराद्वारा बुबाको हत्या
गुल्मीमा छोराद्वारा बुबाको हत्या गुल्मीमा छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–३ ह्वाङ्दी म्यालका २३ वर्षीय टोपबहादुर बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका हुन् ।
यसरी सोचौं देशलाई आत्मनिर्भर बनाउन
यसरी सोचौं देशलाई आत्मनिर्भर बनाउन अथाहा स्रोत साधन प्रयोगमा बेखवर हुँदै आर्थिक समृद्धि र विकासको सपना बाडेको दशकोअवधिहरु बेथित हुँदै गएको छ । आर्थिक रुपमा देश बलियो हुनुको सट्टा कमजोर बनाउने वैदेशिक ऋण अनुदानको अंश दिनप्रति दिन बढ्दै गएको छ । राजनीतिक अस्थिरता र पटक–पटकका व्यवस्था परिवर्तन र सरकार परिवर्तनका श्रृखलाहरुले देश बाÞयरुपमा पनि कमजोर...
नर्सहरूको संघर्ष कहिलेसम्म ?
नर्सहरूको संघर्ष कहिलेसम्म ? काम नै ठप्प पारेर नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुको यो आन्दोलन एकाएक उत्पन्न घटना हैन । वर्षौंदेखि निजी अस्पतालहरूमा कार्यरत नर्सहरू न्यून तलब, अतिरिक्त कामको भुक्तानी नपाउने र पेसागत सम्मान नपाउने समस्याबाट गुज्रिदै आएका छन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित सम्मरीमाई गाउँपालिका–६ स्थित अवधपुरका  किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित भएका छन्  ।
Weather Update