राष्ट्रियताप्रति संवेदनशील बन
बुधबार, भदौ १८, २०८२
राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग
मंगलबार, भदौ १७, २०८२
तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ ।
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
मंगलबार, भदौ १७, २०८२
यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो ।
नेप्सेमा १९ अंकको गिरावट
मंगलबार, भदौ १७, २०८२
नेप्सेमा गिरावट आएको छ । मंगलबार १९ दशमलव ८९ अंक घटेको हो । सोमबारको तुलनामा ० दशमलव ७२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा ओर्लेको छ ।
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए
मंगलबार, भदौ १७, २०८२
लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
इम्बोस्ड नम्बर प्लेटको चर्चा
मंगलबार, भदौ १७, २०८२
पछिल्लो केही दिन उता सरकारले यातायात प्रणालीलाई डिजिटल बनाउन भन्दै सुरू गरेको इम्बोस्ड नम्बर प्लेट योजनाको चर्चा निकै चुलिदै गएको छ । सरकारले पूर्वतयारी र पूर्वाधारविनै आगामी असोज १ गतेदेखि नै अनिवार्य गर्ने भनेपछि इम्बोस्ड नम्बर प्लेटको चर्चासँगै विरोध भइरहेको छ ।
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’
सोमबार, भदौ १६, २०८२
महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक गरिएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक
सोमबार, भदौ १६, २०८२
लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास निर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौं बुँदे निर्णय भएको छ ।
मोहन कन्या स्थापनाको ७५ वर्ष : आज हिरक महोत्सव मनाउँदै
सोमबार, भदौ १६, २०८२
पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७५ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७५ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ
सोमबार, भदौ १६, २०८२
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।


