पाल्पा उद्योग वाणिज्य संघको साधारण सभा स्थगित, दुवै पक्षको आरोप प्रत्यारोप जारी
शनिबार, भदौ १४, २०८२
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता
शनिबार, भदौ १४, २०८२
हरेक वर्ष ३० अगस्टमा विश्वभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । मनाउनुको मतलब यो...
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
शनिबार, भदौ १४, २०८२
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
लिपुलेकबारे भारत र चीनको सहमतिप्रति सांसदहरुको आपत्ति
शुक्रबार, भदौ १३, २०८२
नेपालको भूमि लिपुलेकबाट पुनः व्यापार सञ्चालन गर्ने चीन–भारतको द्विपक्षीय सहमतिका विरुद्धमा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैंठकमा बोेल्ने सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाएका थिए ।
सुनको तोलाकै २ लाख नाघ्यो
शुक्रबार, भदौ १३, २०८२
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँचले बढेको छ ।
इँटा उद्योगले बनायो स्वरोजगार
शुक्रबार, भदौ १३, २०८२
यहाँको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सकियो तिज
शुक्रबार, भदौ १३, २०८२
तिजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको पाइन्छ ।
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
शुक्रबार, भदौ १३, २०८२
हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । आज पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विकासमा जनसहभागिताको खाँचो
शुक्रबार, भदौ १३, २०८२
श्रमदान र जनसहभागितालाई लत्याउदै ,धरानका मेयर हर्ख सापा·को कार्यलाई गिज्याउदै वैदेशिक ऋण र अनुदानका भरमा देश निमार्णको भाषण र सपना बाँडेको दुई दशक पुरा भएको छ ।
हैजा फैलन नदेऊ
शुक्रबार, भदौ १३, २०८२
नेपालमा समय–समयमा हैजाको प्रकोप आइरहेको देखिन्छ । केही दिन यता वीरगञ्जमा हैजा माहमारी फैलिएको छ । सोमबारसम्म ३४४ जनाभन्दा बढी बिरामी अस्पताल पुगिसकेका र तीमध्ये ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, भदौ १३, २०८२
बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् ।


