कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
आइतबार, असार ७, २०७७
वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई आफन्तको न्यास्रो
आइतबार, असार ७, २०७७
धार्मिक र्तीथस्थल राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु आफन्तको न्यास्रोमा दिन बिताउन विवश भएका छन् । गल्याङ नगरपालिका–१ राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका उनीहरु कोरोना संक्रमणका कारण बन्दाबन्दी हुँदा लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाउँदा नरमाइलो लागेको बताएका छन् ।
नेपाली काँग्रेस छत्रकोटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
आइतबार, असार ७, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका वडा नं. ६ वडा कार्यसमितिले वडा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि वडा अध्यक्ष थम्मनबहादुर ज्ञवालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडा सभापति दिलबहादुर थापाले जानकारी दिए ।
युवा नेतृत्व र आजको आवश्यकता
आइतबार, असार ७, २०७७
नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरूलाई युवाको परिभाषा भित्र समेटेर उनिहरूको प्राथमिकताको विषय समेत तोकेको छ ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो
आइतबार, असार ७, २०७७
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैंसीको पाडी पुरिएर मरेको छ ।
स्वस्थ रहन योग गरौं
आइतबार, असार ७, २०७७
योगले मानिलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि...
गुल्मीमा पहिरोले गाडी पुर्दा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ
शनिबार, असार ६, २०७७
जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबु पक्राउ परेका हुन् । उनलाई आर्यभञ्ज्याङ्ग प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
नारायण युवा क्लवद्वारा कोरोना सचेतना कार्यक्रम
शनिबार, असार ६, २०७७
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नारायण युवा क्लवले कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । कोरोना भाईरसका कारण पाल्पामा पनि जोखिम बढ्दै गएकाले स्वास्थ्य सचेतना एवं सतर्कताका लागि क्लवले तानसेनमा सचेतना कार्यक्रम गरेको हो ।
पाल्पामा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । शनिवार मात्र जिल्लामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना, प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण...
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु
शनिबार, असार ६, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका वडा ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।


