Shittalpati
खाँचो अनुगमनको
खाँचो अनुगमनको सर्वसाधारण जनताको ढाड सेक्ने गरी महँगी बढेको छ । विशेष गरी उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक आकाशिएको छ । उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन् ।
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
गरिबी र असमानताको अन्त्य कहिले !
गरिबी र असमानताको अन्त्य कहिले ! बढ्दो गरिबी र असमानता समकालीन विश्वको सर्वाधिक चिन्ताको विषय हो । तर एकातिर पछिल्लो दशक जसरी विश्वभर गरिबी र असमानता झाँगिदै गएको छ, उसैगरी धनीहरु भने झन धनी भइरहेका छन् । खासगरी बितेका केही वर्ष विश्व समुदायलाई नै अति प्रभावित तुल्याएको कोभिड–१९ को महामारी र केही देशहरुबीच भएको युद्धका कारण...
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । 
निगमका दुई जहाज ‘ग्राउन्डेड’ : गुल्मीको हवाई सेवा एक महिनादेखि बन्द
निगमका दुई जहाज ‘ग्राउन्डेड’ : गुल्मीको हवाई सेवा एक महिनादेखि बन्द यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूकुम पश्चिम, धनुषा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको हो ।
कानूनी राज्यमाथि आक्रमण
कानूनी राज्यमाथि आक्रमण  सहकारी घोटाला प्रकरणमा न्यायलयको कठघरामा तानिएका रास्वपाका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछाने अहिले कुनै हिन्दी फिल्मका डन जस्तै भएका छन् । उनका हरेक अभिनयले देशका विभिन्न स्थानमा अनेकौं मञ्चनहरु मच्चाई रहेका छन् । हालै काठमाडौं जिल्ला अदालतबाट भएको धरौटी बुझाउने गरी फैसला भएपछि रास्वपाका कार्यकर्ता र नेता समेत संलग्न भई...
रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री
रिडी मेलाको मुख्य आकर्षक घरेलु सामग्री छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघे सङ्क्रान्तिका अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरु किनमेल गर्न आउनेहरुको घुइँचो लागेको थियो । 
ओझेलमा सिद्धे चमेरे गुफा
ओझेलमा सिद्धे चमेरे गुफा तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
Weather Update