Shittalpati
दुर्गा प्रसाईं फेरी पक्राउ

पाल्पा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा प्रसाईलाईं सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ । कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाइँले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

उनलाई पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन आयोगले प्रसाईंको अभिव्यक्तिले संवैधानिक निकायको प्रतिष्ठामा गम्भीर आघात पु¥याएको ठहर गर्दै कारबाहीका लागि  प्रहरीलाई पत्राचार गरेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update