Shittalpati
स्थानीय सरकार बजार अनुगमनमा उदासीन
स्थानीय सरकार बजार अनुगमनमा उदासीन लकडाउनको समयमा सर्वसाधारण नागरिक महंगीको मारमा परेका छन् । तर, स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको तीन बर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान सकेको छैन ।
नेपाली काँग्रेसको समीक्षा र अबको बाटो
नेपाली काँग्रेसको समीक्षा र अबको बाटो नेपाली काँग्रेसको बारेमा यतिबेला आन्तरिक र बाÞय रुपमा राजनैतिक हलचल उत्पन्न भइरहेको नेपालको राजनैतिक रंगशालामा ऐतिहासिक जिम्मेवारी बोकेको नेपाली काँग्रेस जस्तो दलको बारेमा विभिन्न टिका टिप्पणी हुनु लोकतन्त्रमा स्वभाविकै मान्न सकिन्छ । नेपालको राजनैतिक इतिहासमा धेरै संघर्ष गर्दै आएको पार्टी नेपाली काँग्रेसको जन्म २००३ सालमा स्थापना भएको हो ।
सलह नियन्त्रण र पूर्व तयारी
सलह नियन्त्रण र पूर्व तयारी नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसंगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । फट्यांग्रा जातिको यो किरा नेपालका विभिन्न जिल्लाहरुमा फैलिसकेको छ । शनिबारदेखि पाल्पाका विभिन्न ठाउँहरुमा समेत सलहले क्षति पुर्‍याउन थालेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदै गर्दा यही खतरनाक किरा सलहले नेपालको कृषिलाई...
तम्घासमा औषधिको अनुगमन
तम्घासमा औषधिको अनुगमन जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेदिक औषधि पसलहरुको अनुगमन गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, पत्रकारहरुको रोहवरमा सदरमुकाम तम्घासमा रहेका चार वटा आयुर्वेदिक औषधि पसल तथा एक वटा होमियोप्याथिक पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुई वटा आयुर्वेदिक औषधि पसल बन्द भेटिएको थियो...
छतबाट खसेर बालकको मृत्यु
छतबाट खसेर बालकको मृत्यु आफ्नै घरको छतबाट खसी बालकको मृत्यु भएको छ । सोमबार विहान रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १ शिवलहवा बस्ने ओम प्रकाश यादवको छोरा ४ वर्षका बालकको छतबाट खसेर मृत्यु भएको हो ।
गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि
गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि जिल्लामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिए ।
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र रामपुर नगरपालिका ३ गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा आएको छ । नवदुर्गा आमा समूहको भवन मार्फत सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रले सेवा दिन सुरु गरेको हो । रामपुर ३ को तल्लो भेग गण्डकीढीक, बोटेगाउँ टोलका स्थानीयहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न रामपुर नगरपालिकाले सोमबारदेखि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा ल्याएको हो...
सलह किरा मार्नेलाई किलोको एक सय
सलह किरा मार्नेलाई किलोको एक सय भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन...
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको सोमबार शिलान्यास गरिएको छ । नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको ५० लाख...
प्रदेश सभा स्थगित
प्रदेश सभा स्थगित प्रदेश पाँचको प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले भने ‘हामी अझै निरन्तर छलफलमा छौ।’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि...
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...
Weather Update