मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मंगलबार, साउन २०, २०७७
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ
मंगलबार, साउन २०, २०७७
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई मंगलबार आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
मंगलबार, साउन २०, २०७७
आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
पाल्पा कोरोना संक्रमण मुक्त
मंगलबार, साउन २०, २०७७
पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।
एक महिना अघिदेखि हराएका पंकज मृत भेटिए
मंगलबार, साउन २०, २०७७
एक महिना अघिदेखि हराएका चापाकोट नगरपालिका ५ सेखाम स्याङ्जाका पंकज गिरी मृत अवस्थामा फेला परेका छन् । असार १८ गते देखि हराएका उनी खोजतलास गर्दै जाँदा भालुपहाडको फेदीमा मृत अवस्थामा फेला परेका हुन ।
जनै पूर्णिमा र यसको सामाजिक महत्व
सोमबार, साउन १९, २०७७
देशैभर हिन्दु धर्मावलम्बिहरुले आज रक्षाबन्धन मनाइँदै छन् । श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ । यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ ।
गाईजात्रा, निर्गुण, रामायण र तानसेन
सोमबार, साउन १९, २०७७
अहिले त एकादेशको कथा जस्तै भैसक्यो तानसनेको सांंस्कृतिक कथा व्यथा । काठमाडांै उपत्यकाबाट विभिन्न कारणले तानसेन आई बसेका हिन्दू बौद्ध नेवारहरु यहीं स्थापित भैसकेपछि तिनीहरुले उपत्यकामा मनाउने सबै जसो जात्रा चाडपर्वहरु यहाँ पनि मनाउन थाले ।
आज जनैपूर्णिमा: कोभिडका कारण रौनक छैन
सोमबार, साउन १९, २०७७
आज देशभर हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै छन् । यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
आइतबार, साउन १८, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो
आइतबार, साउन १८, २०७७
जिल्लामा ९५ प्रतिशत रोपाइ सकिएको छ । साउन तेस्रो हप्ता लाग्नै लाग्दा जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको हो । बाँकी ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइरहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो ।
सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा
आइतबार, साउन १८, २०७७
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा सडकको तानसेन–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक मर्मतपछि आईतबार ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण
आइतबार, साउन १८, २०७७
जिल्लामा सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले सुशासन नभएको भन्दै सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।


