Shittalpati
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई मंगलबार आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।

रानालाई व्यापारीसँग महिना महिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको बताइएको छ । यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजारसहित आयोगले पक्राउ गरेको थियो । -रासस

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update