Shittalpati
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

रुपन्देही । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको हो ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रदेश पाँच प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए । -रासस

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update