गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने
बिहीबार, मंसिर २५, २०७७
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
बिहीबार, मंसिर २५, २०७७
विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बिहीबार विविध कार्यक्रम गरी मनाइदैछ ।
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा
बिहीबार, मंसिर २५, २०७७
कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।
माछापुच्छ्रे बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात हुँदै
बिहीबार, मंसिर २५, २०७७
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । बैंकले ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
पशुका लागि गुन्द्रुक बनाउँदै
बिहीबार, मंसिर २५, २०७७
पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
मानव अधिकार दिवसको सार्थकता
बिहीबार, मंसिर २५, २०७७
हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः...
तीन दिन बदली हुने
बुधबार, मंसिर २४, २०७७
न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
बुधबार, मंसिर २४, २०७७
रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
बुधबार, मंसिर २४, २०७७
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
विकल्प खोज्नेतर्फ ध्यान देऊ
बुधबार, मंसिर २४, २०७७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने छ ।
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल
मंगलबार, मंसिर २३, २०७७
नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।


