Shittalpati
माछापुच्छ्रे बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात हुँदै

पाल्पा । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । बैंकले ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरि· हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका व्यावसायिक ग्राहकहरुले (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकि· एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । ‘कर्पोरेट पे’ प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो । बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सक्नेछन् ।

कनेक्ट आईपीएस अथवा नेपाल क्लियरिङ हाउस–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा ‘कर्पोरेट पे’ दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाइएको हुदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ । ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update