गुल्मीमा असार २२ सम्म लम्बियोे निषेधाज्ञा
बुधबार, असार १६, २०७८
काँग्रेस अब सच्चिने कि सिद्धिने ?
बुधबार, असार १६, २०७८
नेपाली काँग्रेस १४ औ महाअधिवेशनको तयारीमा जुटेको छ । कोभिड संक्रमणको महामारीमा महाअधिवेशन काँग्रेसका लागि रहर भन्दा बाध्य हो । राष्ट्र राष्ट्रियताको संरक्षण र जर्गेनाका लागि महत्व पूर्ण भुमिका खेलेको पार्टीको लामो इतिहास भए पनि केन्द्रिय नेतृत्वको असक्षमताका कारण भविष्य छोटिदै गएकाले त्यसको शाख जोगाउदै ,सुनौलो भविष्य निर्माणका लागि भए...
पाल्पामा फेरी कोरोना संक्रमित बढ्दै, बुधबार मात्र ४७ जनामा पुष्टि
बुधबार, असार १६, २०७८
जिल्लामा मत्थर बन्दै गएको कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । पछिल्ला दिनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण बढेको हो । जिल्लामा बुधबार मात्र ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४७...
बगनासकालीमा स्वास्थ्य स्वयंसेविकाको बिदाइसँगै सम्मान
बुधबार, असार १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका स्वास्थ्य स्वयंसेविकाहरुलाई एक कार्यक्रमका बिच विदाईसँगै सम्मान गरिएको हो ।
चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा निधन
बुधबार, असार १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो
मंगलबार, असार १५, २०७८
पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाल्पा लगायत देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरियो...
रोटरी क्लव तानसेनले दियो पाल्पाका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री
मंगलबार, असार १५, २०७८
रोटरी क्लव अफ् पाल्पा तानसेनले जिल्लाका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । क्लवले जिल्लामा कोरोना महामारीको अवस्था कायमै रहेकाले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका अस्पतालहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
मंगलबार, असार १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
७७ जिल्लामा निःशुल्क कानूनी सहायता
मंगलबार, असार १५, २०७८
कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिवृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

.jpg)
