गजल
                        
                        
                                                
                                            
                                                                    सीता बिष्ट कार्की (सीबिका)
रिब्दिकोट ७–डबका, पाल्पा
 हाल :-टोखा ९ गोङ्गबु , काठमाडौं
तिमी जस्तै बस्तीमा फूलेका छन् फूलहरु आज 
घुम्ने मेचमा बस्नेले गरेछन् भुलहरु आज
सरकारी काम कहिले जाला घाम जस्तै संझी
 रोकिएका छन् विकासका मूलहरु पनि आज
यो ढुङ्गो माटो मात्रै त हो देश चिन्न नसकेमा
भत्के होडबाजीले एकताका पूलहरु आज
जातिपाती लिङ्गभेदमा समय फ्याकि रहेछन् 
कागजमा लेखे नि माने छैनन् रुलहरु आज
निन्याउरा छन् बिहानीका पारीला घामहरु नि 
दर्दले बस्तिको पेटमा निस्के सूलहरु आज
लामखुट्टे ,उपिया, उडुसहरु उफ्रिएका छन् 
जनताले लगाउदै छन् बिषालु झूलहरु आज
 
चुसेर जुकाले निर्दोष रगतका फाल्साहरु 
आफ्नै पेट भर्दै छन् है नेताका हुलहरु आज ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    