Shittalpati
स्वस्थ रहन योग

शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ । मनलाई सकारात्मक बनाउन सक्नुु नै स्वस्थ रहनुु हो । अन्य व्यायामको तुलनामा योगले व्यक्तिको मानसिक स्वास्थ्यमा निकै प्रभाव पार्ने गर्छ । योगका कारण दिमागमा रासायनिक परिवर्तन हुन्छ । योग गर्दा दिमागको कोशिकामा अवरोध पु¥याउने थाल्मोसदेखि अमिनोब्युट्रिक एसिडजस्ता तत्व बाहिर निकाल्न मद्दत गर्छ । योग अभ्यासले दिमाग शान्त राख्न, मुड परिवर्तन गर्न र एन्टी एन्जाइटीको भूमिका खेल्ने भएकाले स्वस्थ जीवनका लागि योग अत्यन्त राम्रो मानिन्छ ।

पछिल्लो समय मानिस तनावै तनावमा जीवन गुुजारी रहेको छ । तनावले मानिसलाई राम्रो गर्दैन । तनाव कम गर्न सकिएन भने मृत्युुको शिकार समेत बनाउन्छ । त्यसैले खुसी हुन, तनावरहित जीवन बिताउन र मुहारमा हाँसो भर्न योगको विकल्प छैन । योगबाट व्यक्तिका बढेको चेतनाका माध्यमबाट समाजोपयोगी कार्य सम्पन्न गर्न सहज हुन्छ । मानसिक तथा शारीरिक सक्रियता भएको मानिस स्वस्थ हुन्छ । नेपालमा ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारणबाट भइरहेको छ । उच्च रक्तचाप, मुटु÷हृदयाघात, चिनीजस्ता नसर्ने रोगबाट मृत्युदर घटाउन पनि योगाभ्यास अत्यन्त आवश्यक छ । योगमा ध्यान र व्यायाम दुवैको संयोग रहने भएकाले सबैले यस्तै जीवनशैली अपनाउनु आवश्यक छ । मुटु, मांसपेसी तथा सम्पूर्ण शारीरिक तन्दुरुस्तीका लागि योगाभ्यास उपयोगी रहेको तथ्यलाई सबैले मनन् गर्न सक्यौं भने मानिस स्वस्थ रहन्छ । तसर्थ स्वस्थ जीवनयापनका लागि नियमित योग गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update