तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते
बुधबार, मंसिर १३, २०८०

चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह
मंगलबार, मंसिर १२, २०८०
बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।

गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, मंसिर ११, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
शुक्रबार, मंसिर ८, २०८०
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, मंसिर ४, २०८०
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते
आइतबार, मंसिर ३, २०८०
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाको बेवास्ताका कारण तानसेन–रानीमहल पर्यटकीय सडक बिजोग अवस्थामा रहेको छ ।

आमाछोरा मृत फेला
शनिबार, मंसिर २, २०८०
आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
बिहीबार, कात्तिक ३०, २०८०
अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते
बुधबार, कात्तिक २२, २०८०
जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।

‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
बुधबार, कात्तिक २२, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।

पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
आइतबार, कात्तिक १९, २०८०
जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।