संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र
आइतबार, कात्तिक १२, २०८०

पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, कात्तिक ११, २०८०
जिल्लाको माथागढी गाउँपालिका –१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते
आइतबार, कात्तिक ५, २०८०
घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल, र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

वैकुन्ठेमा जीप खस्दा : ६ जनाकाे मृत्यु एक घाईते
आइतबार, कात्तिक ५, २०८०
रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ । चालक घाईते अवस्थामा भेटिएका छन । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो ।

मोटरसाइल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, असोज १२, २०८०
नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, असोज ८, २०८०
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

आठ वर्षदेखि सडक निर्माण अलपत्र
शुक्रबार, असोज ५, २०८०
गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक अन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

रात्रि बस दुर्घटना २० घाइते
बिहीबार, भदौ २८, २०८०
तानसेनमा बिहीबार बेलुकी भएको रात्रि बस दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन् । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।

बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
शनिबार, भदौ २३, २०८०
नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।

गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, भदौ १८, २०८०
काठमाडौँमा गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द
शुक्रबार, भदौ १५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी जाने सडक दिउँसोमा पनि बन्द भएको छ । रातीमा ६ घण्टा बन्द हुँदै आएको सडक शुक्रबारदेखि दिउँसोमा पनि बन्द भएको हो । तानसेन–रिडी सडक खण्डको जोर्तो माथिको उकालोमा सुख्खा पहिरोसहित ढुँगा खसेपछि सडक जोखिममा रहेकाले ढुंगा पन्छाउन सडक बन्द गरिएको...