Shittalpati
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशको तानसेनमा भएको परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
कोभिडका कारण बन्द हाटबजार सञ्चालनमा
कोभिडका कारण बन्द हाटबजार सञ्चालनमा विश्वभर फैलिएको कोभिड–१९ का कारण बन्द रहेको गुल्मी तम्घासको हाटबजार अहिले सञ्चालनमा आएको छ । सावधानी पूर्व सबै क्षेत्र विस्तारै खुल्दै गएपछि रेसुङ्गा नगरपालिकामा रहेको हाटबजार ९ महिनापछि सञ्चालनमा आएको हो ।
बगनासकाली गाउँ सरकारका अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा
बगनासकाली गाउँ सरकारका अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा जिल्लाको बगनासकाली गाउँ सरकारका अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । अध्यक्ष बस्यालको सहयोग, मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बगनासकाली गाउँपालिका वडा ९ का किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग जिल्लाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग परिवार) ले खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको हो ।
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै पाल्पाली समाजसेवी अग्रज नारी राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मान गर्न लागिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले आज एक कार्यक्रमका बिच भारतीलाई तानसेनमा सम्मान गर्न लागेको हो ।
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व जिल्लामा सवारी कारवाहीबाट पछिल्लो ५ महिनामा २० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले नियम उल्लङघन गरी सवारी चलाउने विभिन्न सवारी साधनहरुमा गरेको कारवाहीबाट २० लाख ५७ हजार राजस्व संकलन गरेको हो ।
मेगा बैंकको खाता ‘भिडियो कल’बाटै
मेगा बैंकको खाता ‘भिडियो कल’बाटै मेगा बैंक नेपाल लिमिटेडको खाता अब ‘भिडियो कल’ बाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ्ग प्रविधिलाई मध्यनजर गर्दै ‘भिडियो कल’ बाटै खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ ।
एशियन लाईफले दियो मृतकका  परिवारलाई मृत्युदावी बापतको रकम
एशियन लाईफले दियो मृतकका परिवारलाई मृत्युदावी बापतको रकम एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्युु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको गुल्मी तम्घासस्थित उपशाखाले मालिका गाउँपालिका–६ छापहिलेकी मिना अर्यालको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको हो ।
खाद्य कम्पनीले चिनी नल्याउने
खाद्य कम्पनीले चिनी नल्याउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो ।
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि...
एनसेलले ल्यायो  ‘दामी क्यास ब्याक’
एनसेलले ल्यायो ‘दामी क्यास ब्याक’ एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ । कम्पनीले क्रिसमस तथा नयाँवर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि उक्त योजना ल्याएको हो ।
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गुल्मीका एक युवाले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय सञ्चालन गर्दै आएका जनक पन्थले जन्म दिनको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण वृद्धाश्रममा पुगेर वृद्धावृद्धहरुलाई सामूहिक भोजन गराएका छन् ।
Weather Update