तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
मंगलबार, भदौ १५, २०७८
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन
आइतबार, भदौ १३, २०७८
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको समिति गठन भएको छ । दाङको भालुवाङमा भएको भेलाले रुपन्देहीका कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय महासंघको प्रदेश समिति गठन गरेको हो ।
गरिमा बैंकले टिकटक प्रतियोगिता आयोजना गर्दै
आइतबार, भदौ १३, २०७८
गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको छ । वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्कृतिको संरक्षण सँगै प्रविधिमैत्रि तीजलाई प्रोत्साहन गर्नको लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
मेगा बैंकद्धारा मन्दिर परिसरमा सरसफाई
शनिबार, भदौ १२, २०७८
गुल्मीको सदरमुकाम तम्घासमा रहेको मेगा बैंक तम्घास शाखाले मन्दिर सरसफाई गरेको छ । बैंकले शनिवारको दिन पारेर जिल्ला सदरमुकाम तम्घासमा रहेको तम्घासस्थान मन्दिर परिसरमा सरसफाई गरेको हो ।
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग
शनिबार, भदौ १२, २०७८
कुमारी बैंक लिमिटेडले कोरोना राहत कोषमा सहयोग गरेको छ । विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि दमक उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत कोषमा बैंकले ५० हजार आर्थिक सहयोग गरेको हो ।
परिवार नियोजन संघलाई एम्बुलेन्स खरिद गर्न रोटरी क्लवले दियो आर्थिक सहयोग
शुक्रबार, भदौ ११, २०७८
जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लब अफ पाल्पा तानसेनले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । क्लवले परिवार नियोजन संघ पाल्पालाई एम्बुलेन्स खरिदको लागि १४ लाख ८९ हजार ९ सय आर्थिक सहयोग गरेको हो ।
सानिमा बैंकले छात्रवृत्तिको आवेदन खुलायो
शुक्रबार, भदौ ११, २०७८
सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सबै शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ ।
फेरि बढ्यो इन्धनको मूल्य
बिहीबार, भदौ १०, २०७८
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य फेरी बढाएको छ । निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।
सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक
बुधबार, भदौ ९, २०७८
नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैकले सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था गरेको हो ।
मेगा बैंक तानसेन शाखाद्वारा सरसफाई
शनिबार, भदौ ५, २०७८
मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले सरसफाई गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार तानसेनस्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको हो ।
किसानलाई कृषि उपकरण सहयोग
शनिबार, भदौ ५, २०७८
तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।
विकास बैंकहरुले पनि शेयर ब्रोकरको काम गर्न मागे अनुमती
शुक्रबार, भदौ ४, २०७८
विकास बैंकहरुले पनि धितोपत्र व्यवसाय (शेयर ब्रोकर)को काम गर्न अनुमती मागेका छन् । उनीहरुले आफ्ना सहायक कम्पनीहरु मार्फत शेयर ब्रोकरको काम गर्न अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्ड (सेवोन)सँग माग गरेका हुन् । बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघ नेपालले पत्रमार्फत यस्तो काम गर्न पाउनु पर्नेबारे बोर्डलाई अनुरोध गरेको छ ...
व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग
बिहीबार, भदौ ३, २०७८
गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो ।


