Shittalpati
पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ? सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत विहिबार सार्वजनिक गरेको बजेटमा पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहहरुलाई ७ अर्ब ६५ करोड ५९ लाख रकम विनियोजन भएको छ । दुई नगरपालिका र...
कृषि र रोजगारीका लागि तातिए गुल्मीका स्थानीय तह
कृषि र रोजगारीका लागि तातिए गुल्मीका स्थानीय तह गुल्मीका चार स्थानीय तहले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएका छन् । जिल्लाका मुसिकोट नगरपालिका तथा मदाने, मालिका तथा धुर्कोट गाउँपालिकाले स्थानीय रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने भएका हुन् ।
हप्तामा तीन दिन वित्तीय सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको आग्रह
हप्तामा तीन दिन वित्तीय सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था, सहकारी एवम् बिमा कम्पनीहरुले हप्तामा तीन दिन मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
कालीगण्डकीमा बन्दै गरेको पक्की पुल निर्माणमा स्थानीय युवा
कालीगण्डकीमा बन्दै गरेको पक्की पुल निर्माणमा स्थानीय युवा गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश पाँच र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल बन्दाबन्दीले केही समय स्थगन भएको थियो ।
तानसेनका उद्यमशील महिलालाई बाख्रा
तानसेनका उद्यमशील महिलालाई बाख्रा तानसेन नगरपालिका र हेफर इन्टर नेश्नल नेपालको सहयोगमा तानसेन ५ अर्चलेका उद्यमशील महिलाहरुलाई समूहगत रुपमा बाख्रा वितरण गरेको छ । आदर्श उपभोक्ता समूहको सक्रियतामा ४१ माउ बाख्रा र तीन थान उन्नत जातका बोके वितरण गरिएको हो ।
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा जिल्लामा सस्तो तथा सुपथ मूल्यमा सेवा प्रदान गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो । शुक्रबार आफ्ना सबै शाखाका ९१ जना कर्मचारीहरुको सगरमाथा इन्स्योरेन्स गुल्मी शाखा...
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन गरेको छ । विहिबार सघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब बजेट व्यवस्था...
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत तानसेन नगरपालिका ५, कैलाश महिला टोल विकास संस्थाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । गणतन्त्र दिवसको अवसरमा टोल विकास संस्थाले लकडाउनका बेला समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने जिल्लामा हप्तामा दुई दिन मात्र वित्तिय संस्थाहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी हप्तामा दुई दिन मात्र वित्तिय सेवा सञ्चालन गर्ने निर्णय भएको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
पाल्पाका पत्रकारको कोरोना बीमा
पाल्पाका पत्रकारको कोरोना बीमा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ जना पत्रकारको कोरोना बीमा गरिदिएको हो ।
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाका ४८ वर्षीय गोपाल भण्डारी बन्दाबन्दी हुनुभन्दा पहिले गाउँमा मिटर रिडिङ गर्ने गथ्र्थे । बन्दाबन्दीपछि उनको काम बन्द भयो तर अहिले गाउँपालिकाले उनलाई रोजगारी दिएको छ । ‘मिटर रिडिङको काम बन्द भयो, आम्दानीको स्रोत छैन, खर्च बढ्दैछ’, उनले भने, ‘गाउँपालिकाले काम दिएपछि केही सहज भएको छ...
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।
Weather Update