Shittalpati
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन गरेको छ । विहिबार सघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब बजेट व्यवस्था...
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत तानसेन नगरपालिका ५, कैलाश महिला टोल विकास संस्थाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । गणतन्त्र दिवसको अवसरमा टोल विकास संस्थाले लकडाउनका बेला समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने
गुल्मीमा हप्तामा दुई दिन वित्तिय संस्थाहरु खुल्ने जिल्लामा हप्तामा दुई दिन मात्र वित्तिय संस्थाहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी हप्तामा दुई दिन मात्र वित्तिय सेवा सञ्चालन गर्ने निर्णय भएको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
पाल्पाका पत्रकारको कोरोना बीमा
पाल्पाका पत्रकारको कोरोना बीमा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ जना पत्रकारको कोरोना बीमा गरिदिएको हो ।
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाका ४८ वर्षीय गोपाल भण्डारी बन्दाबन्दी हुनुभन्दा पहिले गाउँमा मिटर रिडिङ गर्ने गथ्र्थे । बन्दाबन्दीपछि उनको काम बन्द भयो तर अहिले गाउँपालिकाले उनलाई रोजगारी दिएको छ । ‘मिटर रिडिङको काम बन्द भयो, आम्दानीको स्रोत छैन, खर्च बढ्दैछ’, उनले भने, ‘गाउँपालिकाले काम दिएपछि केही सहज भएको छ...
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी जिल्लामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ ।
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत जिल्लाका स्थानीय सरकारहरुले बन्दाबन्दीका बेला समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका नागरिकहरुलाई राहत वितरण गर्दै आए पनि केही स्थानीय तहहरुले राहत वितरणमा विभेद गरेको गुनासो आएपछि काँग्रेसले राहत नपाएकाहरुलाई राहत वितरण गरेको छ ।
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग
तानसेन बहुमुखी क्याम्पसद्वारा नगरपालिकाको राहत कोषमा सहयोग जिल्लाको तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा तानसेन बहुमुखी क्याम्पसले आर्थिक सहयोग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा क्याम्पसले १७ हजार ४ सय ३२ रुपैयाँ सहयोग गरेको हो ।
हुने खानेलाई प्रधानमन्त्री रोजगारमा भन्दै युवाले जनाए आपत्ति
हुने खानेलाई प्रधानमन्त्री रोजगारमा भन्दै युवाले जनाए आपत्ति जिल्लाको एक स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममा हुँदा खानेलाई समेटिएको भन्दै स्थानीय केही युवाहरुले आपत्ति जनाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेमा हुँदा खाने भन्दा हुने खानेहरुलाई नै प्रधानमन्त्री रोजगारमा समेटिएको भन्दै युवाहरुले आपत्ति जनाएका हुन् ।
काँग्रेस निस्दीले गर्‍यो कोरोना कोषमा रकम जम्मा
काँग्रेस निस्दीले गर्‍यो कोरोना कोषमा रकम जम्मा नेपाली काँग्रेस निस्दी गाउँ कार्यसमितिले निस्दी गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरेको छ ।
सहकारीले गर्‍यो रगतको अभाव हुन नदिन रक्तदान
सहकारीले गर्‍यो रगतको अभाव हुन नदिन रक्तदान सजिलो बचत तथा ऋण सहकारी सस्था लिमीटेड बुटवल ९ कालिकानगरले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको ११ औ स्थापना दिवस तथा कोभिड –१९ को महामारीको बेला बिरामीलाई रगतको अभाव भएको अबस्थामा रगतदान गर्दा बिरामीलाई केही मात्रामा भएपनि राहत होस भन्ने उद्देश्यले गरिएको कार्यक्रममा ४० जना सदस्यले रगत दिएका थिए ।
Weather Update