Shittalpati
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री गुल्मीमा कोभिड महामारीका कारण आर्थिक संकटमा परेका जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एक व्यवसायीले राहत सामग्री दिएका छन् । रुरुक्षेत्र गाउँपालिका ५ बम्घा घर भई हाल तम्घासमा अक्षता किराना पसल सञ्चाल गर्दै आएका विजय चन्द्र ज्ञवालीले कोभिडबाट प्रभावित जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत सहयोग गरेका हुन् ।
हेफरले गर्‍यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग
हेफरले गर्‍यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग हेफर ईन्टरनेशनल नेपालले पाल्पाको तिनाउ गाउँ सरकारको कोभिड राहत कोषमा सहयोग गरेको छ । हेफरले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारले स्थापना गरेको राहत कोषमा १५ लाख सहयोग गरेको हो ।
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन अभियानमा प्रवासी नेपालीबाट सहयोग जुटेको छ । स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य वामीवासीहरुले विपद् व्यवस्थापन अभियानमा सहयोग गरेका छन् ।
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण
ग्लोबल आईएमई बैंकले दियो गुल्मीका स्थानीय तहलाई स्वास्थ्य उपकरण ग्लोबल आईएमई बैकंले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्तर्गत रहेर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत
गुल्मीमा पत्रकार श्रेष्ठले बाँडे मजदुरलाई राहत नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरहरुलाई बुधबार खाद्यान्न सामग्री राहत उपलब्ध गराएका छन् । श्रेष्ठले राष्ट्रिय दलित पत्रकार संघले सञ्चालन गरेको कोभिड पीडित मजदुर राहत अभियानमार्फत सदरमुकाम तम्घासमा रहेका अति विपन्न मजदुरहरुलाई राहत उपलब्ध गराएका हुन ।
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक गरेको छ । शनिबार अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा पाल्पामा भने पुरानै आयोजनालाई निरन्तरता दिइएको छ ।
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने राष्ट्रिय दलित पत्रकार संघ नेपाल, गुल्मीले कोभिड–१९ पीडित मजदुर राहत अभियान सञ्चालन गर्ने भएको छ । संघका केन्द्रीय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता एवं संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै जिल्ला सचिव मनु सुनार मनसुनले संघको केन्द्रीय निर्णय अनुसार जिल्ला शाखा गुल्मीले पनि सो...
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो
बजेट भाषण : वृद्ध भत्ता ३३ प्रतिशतले वृद्धि, चार हजार पुग्यो सरकारले वृद्धा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता २५ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो
बजेट भाषण : वृद्ध भत्ता ३३ प्रतिशतले वृद्धि, चार हजार पुग्यो सरकारले वृद्धा भत्तामा २५ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता २५ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न पाल्पा अस्पतालाई तीन करोड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले विहीबार अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न उक्त बजेट स्वीकृत गरेको हो ।
तानसेनमा बजार अनुगमन
तानसेनमा बजार अनुगमन कोरोना संक्रमणका कारण पाल्पामा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । निधेषाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको जिल्ला प्रशासनमा गुनासो पुगेपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरेको नेतृत्वमा तानसेन बजार अनुगमन गरिएको हो ।
Weather Update