Shittalpati
भैरहवाबाट नेपाल एयरलाइन्स दिल्ली उडान हुने

रुपन्देही, भैरहवाबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । उसले मंसिर १२ गतदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो । नेपाल एयरलाइन्स यो पहिलो अन्तर्राष्ट्रिय उडान हो ।

भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमले जनाएको छ । सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने तालिका रहेको छ । निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ । नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्र्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सको जहाज दिल्ली पुगेर भैरहवा हुँदै काठमाडौँ फर्कदा भैरहवाबाट रित्तै काठमाडौँ जानुपर्ने हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update