Shittalpati
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’

तानसेन, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले समग्र पाल्पा जिल्लाका धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार–प्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भि¥याउन सके मात्रै जिल्लाको प्रतिव्यक्ति आएमा सुधार हुने र युवाहरु विदेशिने क्रम रोकिने, यसका लागि राज्य, स्थानीय संघ–संस्था र निजी क्षेत्रको सहकार्य आवश्यक पर्ने कुरामा जोड दिए । मन्त्री रानाले भने ‘अहिले नेताहरु भन्ना साथ आमजनतामा नकारात्मक भावनाको विकास भएतापनि लोकतन्त्रको रक्षाका लागि राजनैतिक दलवाहेक अरु कुनै पनि शक्तिबाट लोकतन्त्र रक्षा हुन सक्दैन ।’ उनले केही व्यक्ति विशेषले गरेका खराब कामले गर्दा समग्र राजनैतिक दल र त्यसका सबै नेता खराब नहुने कुरामा जोड दिए । जिल्ला संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको सभापतित्वमा भएको खुला सत्रमा तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले तानसेन नगरसरकार यहाँको पर्यटन व्यवसायको प्रवद्र्धनका लागि सदैव लागिपर्ने धारणा व्यक्त गरिन् । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्तरीय होटल, स्वस्थ्यकर खाना र सरसफाईमा ध्यान दिएमा मात्र अतिथिहरुको आगमनलाई बढाउन सकिने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु मर्हजनले समग्र पाल्पाको विकासका लागि पर्यटन व्यवसाय अपरिहार्य हो भन्ने कुरा सरकारहरुले बुझ्नुपर्ने बताए । पाल्पा व्यापार संघका प्रतिनिधि बालकृष्ण भण्डारीले पर्यटन व्यवसाय फस्टाउँनका लागि स्वयं पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताए । पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका उपाध्यक्षहरु रन्जना अर्याल, जीवलाल सुवेदी, जयराम सापकोटा, प्रेस सल्लाहकार जगदीश भट्टराईले समेत आ–आफ्नो धारणा राखेका थिए । साधारण सभामा संघका कोषाध्यक्ष अशोक मर्हजनले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव लक्ष्मण बस्यालले गरे ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update