Shittalpati
दराज मल फेस्ट अभियान

काठमाडौं (एजेन्सी), नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट अभियान सुरु गरेको छ । यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ । अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु. ७ हजार सम्मको भउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ । दराज मल, दराजद्वारा सुरु गरिएको एक अनलाइन सपिङ मल हो जसमा सोनी, सामसंग, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५ सय भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन् ।

१ सय प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागि प्रदान गर्दछ । त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि एक अवसर कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत ७ सय ५० सम्म छुट पाउन सक्छन् । जसअनुसार मंगलबार ग्लोबल ईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ७ सय ५० सम्मको छुट तथा डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा ५ सयसम्म छुट प्राप्त हुनेछ ।

यसैगरी बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट तथा डेबिट कार्ड भुक्तानीमा १०प्रतिशत वा ५ सयसम्म छुट प्राप्त हुनेछ । यस्तै शुक्रबार नबिल बैंकबाट डेबिट÷क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५सय) प्राप्त हुनेछ भने शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट÷क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५ सय) हुनेछ । त्यसमा थप्दै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड÷ क्रेडिट कार्डमा १० प्रतिशत (अधिकतम रु. ५ सय सम्म) को अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्न सक्छन् । त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अधिकतम रु ३ सय ५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update