Shittalpati
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड

पाल्पा, एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।

धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेलले स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमबाट नै एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको हो । कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार हस्तान्तरण गरिएको छ । वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ । विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममा भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधा अन्तर्गत जितेको हो । त्यस्तै कात्तिक २६ गते ढाकामै आयोजित वल्र्ड कङ्गस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update