Shittalpati
कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट

काठमाडौं (एजेन्सी) । कुमारी बैंक लिमिटेड आफ्ना ग्राकहरुका लागि विशेष छुट ल्याएको छ । बैंकले होटलका विभिन्न सेवाहरुमा आफ्ना ग्राकहरुलाई विशेष छुटको व्यवस्था मिलाएको छ । बैंक, टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा विभिन्न होटेल र रिसोर्टहरूको खानपानमा २ सय ५ सम्मको, बसाईमा आकर्षक छुट लगायत सोही रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लेकसाईडकी शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका प्रबन्ध निर्देशक टीका पौडेलले हस्ताक्षर गरेका छन् । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल तथा रिसोर्टतर्फ आकर्षण बढ्ने तथा सोही रिसार्टे बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त रहेको बताएको छ । विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १ सय ८१ शाखा संजाल, १ सय ३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update