Shittalpati
माछापुच्छ्रे  बैंकका ग्राहकलाई अस्पतालमा छुट

पाल्पा, माछापुच्छ्रे बैंकका ग्राहकले अब काठमाडौंमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उपचारमा छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाईन अस्पतालमार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन् । जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडी, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ देखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका ग्राहकले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई छुट दिँदै आएको छ । उसले अघिल्लो महिन थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकसँग पनि सम्झौता गरेको थियो । त्यहाँ पनि बैंकका ग्राहकहरुले विशेष छुट पाउने छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र करणजितले र माछापुच्छ्रे बैंकका तर्फबाट ब्रान्च मेनेजर बरुण अर्यालले हस्ताक्षर गरेका थिए । योसँगै उक्त बैंकका ग्राहक र कर्मचारीले क्लिनिकका उपलब्ध सेवामा छुट दिने छ । यसअनुसार बैंकका कार्डवाहकले क्लिनिकमा १० प्रतिशत छुट पाउनेछन् भने बैंकका कर्मचारीले १५ प्रतिशत छुट पाउनेछन् । क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १ सय ५७ शाखारहित बैंकिङ सेवा, २ सय ६ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update