पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य
मंगलबार, जेठ १३, २०८२
घरघरमा पानीका धारा पुर्याउँदै स्थानीय सरकार
मंगलबार, जेठ १३, २०८२
दङ्गीशरण गाउँपालिका(६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।
फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन
मंगलबार, जेठ १३, २०८२
देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरू भएको हो ।
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा
मंगलबार, जेठ १३, २०८२
जिल्लाको इस्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा
सोमबार, जेठ १२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ
सोमबार, जेठ १२, २०८२
पढे पछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने । अर्कोतर्फ पढेका व्यक्तिले सानो वा तुक्ष्छ काम गर्नु हुँदैन भन्ने धेरैको सोंच हुन्छ तर पाल्पामा यस्ता युवाहरु छन् जसले स्नातक गरेर पनि फोहोरमा मोहर खोज्दै छन् ।
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
आइतबार, जेठ ११, २०८२
लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
काफल बेचेर पढाइ खर्चसँगै अन्नको जोहो
आइतबार, जेठ ११, २०८२
यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन् । गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनी बताउन्छिन् ।
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट
आइतबार, जेठ ११, २०८२
जिल्लाको सदरमुुकाम तम्घासमा रहेको रेसङ्गा माध्यमिक विद्यालयलाई ‘आईएसओ’ सर्टिफिकेट (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह) प्रधान गरिएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
शनिबार, जेठ १०, २०८२
यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन ।
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो
शनिबार, जेठ १०, २०८२
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
शुक्रबार, जेठ ९, २०८२
पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।


