हस्तान्तरण भएको १५ महिनापछि ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा
बुधबार, फागुन २१, २०८१
गुल्मीको छत्रकोटमा परीक्षा सेन्टर सार्ने निर्णयको विरोध
बुधबार, फागुन २१, २०८१
(श्रृंगा) जिल्लाको छत्रकोट गाउँपालिका– ४ मा रहेको श्रृंगा माविमा धेरै बर्ष देखिको परीक्षा केन्द्रलाई यो बर्षदेखि हटाउँने निर्णय भएपछि स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले आफ्नो अनुकुलताको व्यवस्थापन समिति नबने पछि त्यसको प्रतिशोध साँधेर उनकै निर्देशनमा बर्षोदेखि चली आएको एसईईको परीक्षा केन्द्र यो बर्षदेखि सो स्कुलमा...
पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि कुखुरा वितरण
बुधबार, फागुन २१, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ । यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो ।
सङ्ग्रहालयमा कार्यपालिका बैठक
बुधबार, फागुन २१, २०८१
जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो सञ्चालनका लागि मङ्गलबारको कार्यपालिका बैठक सङ्ग्रहालयमा बसेको हो ।
दाङका विकट बस्तीमा विद्युत् सेवा पुर्याइँदै
बुधबार, फागुन २१, २०८१
दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए ।
निस्दी खोलामा पक्की पुल शिलान्यास
बुधबार, फागुन २१, २०८१
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो । दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी...
पाल्पाको रिब्दीकोट जंगलमा आगलागी
मंगलबार, फागुन २०, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा मंगलबार दिउँसो आगलागी भएको छ ।
सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता
मंगलबार, फागुन २०, २०८१
रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु ५०० भत्ता उपलब्ध गराउँदै आएको हो ।
माझी समुदायले आज लदी पर्व मनाउँदै
मंगलबार, फागुन २०, २०८१
माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाउँदै छन् । खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले यो पर्व मनाउन लागेका हुन् ।
स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन दर्ता
सोमबार, फागुन १९, २०८१
आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा १३ वटा संघ/संगठन दर्ता भएका छन् । सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी...
छचुवाका आगलागी प्रभावित परिवारलाई राहत वितरण
सोमबार, फागुन १९, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीको छचुवाका आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाले आगलागीबाट घरगोठ जलेर नष्ट भई खुला आकासमुनी बसेका यहाँका कुमाल परिवारलाई तत्कालका लागि एक÷ एक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायतका राहत सामग्रीहरु वितरण गरेको हो ।
घोराहीमा मगर सङ्ग्रहालय स्थापना
सोमबार, फागुन १९, २०८१
मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
सोमबार, फागुन १९, २०८१
आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै नङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको हो ।


