
पाल्पा, प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
बैंक शाखाका प्रशासन अधिकृत दर्शन शर्मा र बैंकका सम्बन्ध अधिकृत बसन्त कार्कीले विद्यालयका प्रध्यानाध्यापक दिल्लीराज गैरेलाई उक्त कार्पेट हस्तान्तरण गरेका हुन् । कार्पेट ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक गैरेले बैंकले विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै बैंकलाई धन्यवाद दिए । बैंकद्वारा हस्तान्तरित कार्पेटले विद्यालयमा धुलो, चिसोबाट शिक्षक विद्यार्थीलाई जोगाउन सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाज उपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनहरुमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ ।