Shittalpati
गाउँबाट चार जिपिए ल्याएका यी दुई भण्डारी

गुल्मी (रेसङ्गा), गुल्मीमा चार जिपिए ल्याउने मध्येका हुन् सिर्जित भण्डारी र निशान भण्डारी । दुवै जनाले गाउँकै स्कूलबाट परीक्षा दिएका थिए । सत्यवती गाउँपालिकाका सिर्जितले सत्यवती मावि र चन्द्रकोटका निसानले उदय मावि शान्तिपुरबाट परीक्षा दिएका विद्यार्थी हुन् ।

यी दुवै जना भण्डारीले गाउँमै घाँस– दाउरा गरेरै माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा चार जिपिए ल्याएर जिल्लामै उत्कृष्ट हुन सफल भएका छन् । सिर्जितले अपेक्षा अनुसारकै नतिजा प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कम्प्युटर इन्जिीनियर बन्ने सपना भएको बताए । बुवा भीमलाल भण्डारी सत्यवती माविकै शिक्षक हुन् । सिर्जितले दिदी सुजना भण्डारी पनि मेडिकल अधिकृत भएकाले आफूलाई पनि पारिवारिक प्रेरणा मिलेको बताए । अर्को चार जिपिए पाउने निशानले कक्षा ८ सम्म संस्थागत विद्यालयपछि ९ र १० मा सामुदायिक विद्यालय उदय माविमा अध्ययनर गरेका हुन् । उनले  पनि अपेक्षा अनुसारकै नतिजा आएकोमा खुसी व्यक्त गर्दै आइटीतर्फ राम्रो गरेर देखाउने चाहाना रहेको  बताए । दुवै जना भण्डारी घरपरिवारसँगै हुर्किएकाले पनि घरको सबै काम गरेरै अध्ययनलाई अगाडि बढाएका हुन् । चार जिपिए ल्याउने मध्येका अर्का सत्यवती माविका अर्जुन भण्डारी पनि हुन् । उनको विषयमा यस अघि नै समाचार प्रकाशन भइसकेको छ । इमान्दारिता र लगनशिल भए गाउँमै घरायसी काम गरेर पनि शिक्षामा अब्बल हुन सक्छन् भन्ने उदाहरण बनेका छन् यी तीन भण्डारी ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update