पुराना घरेलु सामग्री ‘शैक्षिक संग्रहालय’मा
सोमबार, चैत ६, २०७९
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव
आइतबार, चैत ५, २०७९
१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयसहित देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको हो ।
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
आइतबार, चैत ५, २०७९
पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र
आइतबार, चैत ५, २०७९
पाल्पाको छहरामा हुुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी तिव्र पारिएको छ । देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यस पटकको कूल पूजा आगामी बैशाख २७ गते हुन लागेको छ । देशभर छरिएर रहेका रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा हेरिने कूूल पूजाको...
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो
आइतबार, चैत ५, २०७९
पाल्पा डढेलोको जोखिममा रहेको छ । यहाँ हरेक वर्ष डढेलोका घटनाहरु बढ्ने गर्दछन् । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । अहिले पनि चैत लाग्न साथै पाल्पामा डढेलोेका घटनाहरु बढ्न थालेका छन् । यहाँको ७१ हजार एक सय ७० अर्थात् ५२ दशमलव १० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जसमा डढेलोको...
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव
शुक्रबार, चैत ३, २०७९
रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरी पाल्पाले स्वर्ण महोत्सव मनाएको छ । वि.स. २०२९ साल चैत्र २ गते स्थापना भएको विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गरी स्वर्ण महोत्सव मनाएको हो ।
तीन दिन वर्षा हुने
शुक्रबार, चैत ३, २०७९
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी !
शुक्रबार, चैत ३, २०७९
गुल्मीको तम्घासस्थित धागीथुममा घरभित्रको दलानमा राखेको स्कुटी चोरी भएको छ । विहीबार राती घरको दलानमा पार्किङ्ग गरी राखेको सीता खत्री खड्काको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी भएको हो ।
पाल्पामा डढेलो जनचेतना सप्ताह
शुक्रबार, चैत ३, २०७९
पाल्पाका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि डढेलो जनचेतना सप्ताह कार्यक्रम थालिएको छ । डिभिजन वन कार्यलयले बुधबारदेखि सो कार्यक्रम सुरु गरेको हो । डिभिजन वनले बुधबार श्रीनगर क्षेत्रमा बन डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास गर्दै सप्ताहव्यापी कार्यक्रमको शुुभारम्भ गरेको छ । उसले विहीबार पत्रकार सम्मेलन गरी डढेलो सचेतना सप्ताह कार्यक्रमको...
पाल्पा दरबार क्षेत्रका घर संरचना हटाइँदै
बिहीबार, चैत २, २०७९
तानसेनमा रहेको ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घरसंरचना हटाइने भएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यहाँका घरसंरचना हटाउन लागिएको हो ।
तानसेनको श्रीनगरमा डढेलो नियन्त्रणको अभ्यास
बिहीबार, चैत २, २०७९
गर्मी मौसम शुरु भएसँगै देशभरी आगलागीका घटनाहरु बढ्दै गएको समयमा डढेलो नियन्त्रणका लागि पाल्पामा नौलो अभ्यास सुरु भएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि डिभिजन वन कार्यालय पाल्पाले श्रीनगरडाँडाको जंगलबाट नौलो अभ्यास सुरु गरेको हो ।
अधिकांश मासु पसल मापदण्ड विपरीत
बिहीबार, चैत २, २०७९
यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
कर्मचारीको विवरण बुझाउन निर्देशन
बुधबार, चैत १, २०७९
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ ।


