Shittalpati
गिद्धको सङ्ख्या घटेकामा चिन्ता
गिद्धको सङ्ख्या घटेकामा चिन्ता पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’ जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भीड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडिबुटी, जनावार, पक्षीको अवलोकन गर्न पाइन्छ ।
पाल्पा पूर्वखोलाको आफ्नै लोगो
पाल्पा पूर्वखोलाको आफ्नै लोगो जिल्लाको पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आÞवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरे ।
रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण
रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण जिल्लाको रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । रामपुर नगर सरकारले नगर भित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेको हो । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र, कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र लगायतका क्षेत्र निर्धारण गरेको छ ।
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु जिल्लाको रामपुर नगरपालिकाको पहलमा विवादका कारण लामो समयदेखि रोकिएको सडक निर्माण कार्य सञ्चालनमा आएको छ । विवादका कारण निर्माण कार्य हुन नसकेको रामपुर ५ मटेरीमा नगर सरकारको पहिलपछि सडक निर्माण सुरु भएको हो ।
रामपुरमा बजार अनुगमन निरन्तर
रामपुरमा बजार अनुगमन निरन्तर जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुरमा निरन्तर बजार अनुमगन भइरहेको छ । रामपुर नगरपालिकाले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तर खाद्यवस्तु उपभोक्त गराउने उद्देश्यले अनुगमन कार्यलाई निरन्तर अगाडि बढाउँदै आएको छ ।
रामपुर नहरमा नवजात शिशुु मृत फेला
रामपुर नहरमा नवजात शिशुु मृत फेला जिल्लाको रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको छ । आज विहान बसपार्क नजिकै रहेको रामपुरफाँट सिंचाईको नहरमा अन्दाजी एक/दुई दिनको जस्तो देखिने शालनालसहितको नवजात शिशुु (बालिका) को शव फेला परेको हो ।
Weather Update