गुल्मीका स्थानीय तहविरुद्ध उजुरीको चाङ, ४४ उजुरी अख्तियारमा
बुधबार, चैत ३०, २०७८

जीर्ण अवस्थामा ढुङ्गे धारा
मंगलबार, चैत २९, २०७८
संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् ।

शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा
सोमबार, चैत २८, २०७८
शैक्षिक र सामाजिक व्यक्तित्व लक्ष्मीदेवी उपाध्याय (खनाल) को सम्झनामा स्मृति सभा आयोजना गरिएको छ । शिवालय टोल विकास संस्था तानसेनको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।

अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी
आइतबार, चैत २७, २०७८
अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लावासीमा उर्दी जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस अघि सूचना जारी गरे पनि केही व्यक्तिहरुले नबुझाएपछि प्रशासनले अर्को सूचना निकाली अवैध हतियार बुझाउन उर्दी जारी गरेको हो ।

आइतबार देशभर सार्वजनिक बिदा
शनिबार, चैत २६, २०७८
सरकारले राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।

हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम
शनिबार, चैत २६, २०७८
जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।
.jpg)
मालिकाका घर–घरमा डिजिटल परिचयपत्रको शुभारम्भ
शुक्रबार, चैत २५, २०७८
जिल्लाको मालिका गाउँपालिकाका घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।

चर्कियो महँगी
बिहीबार, चैत २४, २०७८
दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो । विशेष गरेर तरकारी, घ्यू, तेल, यातायात, दाल तथा गेडागुडी, इन्धन जस्ता वस्तुको मूल्य अत्याधिक बढेको छ ।

शान्ति समाजको गुल्मीमा प्रदर्शन
मंगलबार, चैत २२, २०७८
मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी र गण्डकी प्रदेशका २१ जिल्लामा युद्व निषेध शान्ति विशेष लगायतका नाराका साथ एकैसाथ प्रदर्शन गरेको छ । गुल्मीमा पनि हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत प्रदर्शन गरिएको...

पाल्पामा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास
सोमबार, चैत २१, २०७८
,जिल्लाको तानसेनमा सवारी चालक परीक्षण केन्द्रको शिलान्यास गरिएको छ । सोमबार तानसेन नगरपालिका–७, ठाँटीमा एक औपचारिक कार्यक्रमका बिच केन्द्रको शिलान्यास गरिएको हो ।

बेथलमा एनसीसी सिनियर डिभिजनको विशेष तालिम सकियो
सोमबार, चैत २१, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको विशेष तालिम सकिएको छ । ३५ दिनसम्म सञ्चालन भएको एनसीसी १६ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।

यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्यो’
सोमबार, चैत २१, २०७८
सरकारले आफुहरुलाई बेवास्ता गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले कोभिडका कारण यातायात क्षेत्र तहसनहस भइरहँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरे । तानसेनमा भएको श्रीनगर यातायात सेवा कम्पनी प्रालि पाल्पाको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्ने अधिकांश व्यवसायीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको बताएका हुन् ।

पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ
आइतबार, चैत २०, २०७८
किर्ते नागरिकता बनाउने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले किर्ते नागरिकता बनाएको अभियोगमा बाग्लुङ गलकोट नगरपालिका–८ पचुँवा काँडेबासका २३ वर्षीय धनबहादुर कँडेललाई पक्राउ गरेको हो ।